नमिन ढकाल
इलाम । विभागीय टोली त्रिभुवन आर्मीले दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
इलामको ठुलो टुडिखेलमा आइतबार भएको फाइनलमा विमान ट्रेडर्स विर्तामोडमाथी ३–२ को सेटमा जित निकाल्दै आर्मीले उपाधि चुमेको हो ।
रोमान्चक बनेको फाइनलमा सुरुवाती २ सेटले पछि परेको अवस्था उल्टाउँदै आर्मीले जित निकालेको हो । च्याम्पियन बन्ने क्रममा आर्मीले विमानमाथि १७–२५, २२–२५, २५–१४, २५–१८ र १५–१२ को सेटमा जित निकाल्यो ।
उपाधिसँगै आर्मीले २ लाख प्राप्त गर्यो । उपविजेता विमानले १ लाखमा चित्त बुझायो ।
प्रतियोगितामा त्रिभुवन आर्मीका स्पाइकर मानबहादुर श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिए । आर्मीलाई उपाधि जिताउन मानबहादुरले उत्कृष्ट प्रर्दशन गरेका थिए ।
आर्मीकै धन बहादुर भट्ट उत्कृष्ट स्पाइकर, आर्मीकै भैरव बम उत्कृष्ट क्विकर, उत्कृष्ट ब्लकर विमानका प्रिन्स मलिक र उत्कृष्ट सेटर विमानका रोहित कुमार चुनिए ।
आर्मीका जगत सिंह भट्ट उत्कृष्ट प्रशिक्षक चुनिए । सर्वोत्कृष्ट खेलाडी मान बहादुर र प्रशिक्षक जगतसिंह समान ५–५ हजार प्राप्त गरे ।
अन्य सबै विधाका खेलाडीले २५–२५ सय प्राप्त गरे ।