काठमाडौं । आयोजक रातो र न्युटन स्कुल प्रथम साराङ्गे छहारी कप पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन मैदानमा आइतबार राइजिङ क्लबलाई २५-११ र २५-२० ले हराउँदै आयोजक रातो अन्तिम चारमा पुगेको हो ।
अब सेमिफाइनलमा आयोजकले न्युटनसँग खेल्नेछ ।
न्युटनले क्वाटरफाइनलमा द गोर्खा युनाईटेडलाई २०-२५,२५-१६ र १८-१६ ले पराजित गर्यो ।
यस्तै अर्को सेमिफाइनलमा गल्कोट बाग्लुङ र मणिमुकुन्द क्लबबीच खेल हुनेछ ।
गल्कोटले चन्द्र सुर्य उद्योगलाई २५-१८, २५-२७ र १५-११ ले हराएर अन्तिम चारमा स्थान बनाएको हो ।
मणिमुकुन्दले स्प्रिङगल स्कुललाई २५-१५ र २५-१६ ले हराएर गल्कोटसँग भेट पक्का गरेको हो ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै, उपविजेताले ६१ हजार १ सय ११ प्राप्त गर्दा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै, प्रतियोगिताको उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाईकर, उत्कृष्ट क्विकर, उत्कृष्ट सर्भर, उदयमान खेलाडी र उत्कृष्ट लिफ्टरले २५ सय प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट प्रशिक्षकले ३ हजार प्राप्त गर्नेछन् ।