काठमाडौं । त्रिभुवन आर्मी क्लबको 'ए' टिमले चौंथो संस्करणको प्रधानसेनापति ट्राई एडभेन्चर प्रतियोगिताको उपाधि जितेको छ ।
धादिङको बैरेनीमा शनिबार आयोजित प्रतियोगितामा आर्मीको 'ए' टिम च्याम्पियन बनेको हो ।
यस्तै आर्मीको 'बी' टिम दोस्रो हुँदा एपीएफले तेस्रो स्थान हासिल गरेको छ ।
महिलातर्फ त्रिभुवन आर्मी क्लबले उपाधि जितेको छ । प्याडल नेपाल दोस्रो र क्रान्क सिस्टर तेस्रो भएको छ ।
यस्तै पाकिस्तान आर्मी टिम उत्कृष्ट अन्तराष्ट्रिय टिम घोषित भएको छ ।
साहसिक खेलकुद अन्तर्गत रहेको यस प्रतियोगितामा दौड, साइक्लिङ र र्याफ्टिङ समावेश गरिएको थियो । जसमा खेलाडीले ६.७ किमीको दौड, २६ किमीको साइक्लिङ र ११ किमीको र्याफ्टिङ रहेको थियो ।
विजेतालाई प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले पुरस्कृत गरे ।
तस्बिर - नेपाली सेना