मुगुरुजालाई दुबई च्याम्पियनसिपको उपाधि
सोमबार, चैत २, २०७७खेलपाटी संवाददाता
एजेन्सी । स्पेनिस खेलाडी गार्बिन मुगुरुजाले दुबई च्याम्पियनसिप टेनिसको उपाधि जितेकी छिन् ।
दुबईमा भएको फाइनलमा चेक रिपब्लिककी बारबोरा क्रेजचिकोभालाई हराउँदै मुगुरुजा च्याम्पियन बनेकी हुन् ।
उपाधि जित्ने क्रममा २७ वर्षीया मुगुरुजाले बारबोरामाथि ७-६ (८-६) र ६-३ को सेटमा जित निकालिन ।
दुई पटकको ग्राण्डस्लाम विजेता मुगुरुजाले करिब दुई वर्षपछि पहिलो डब्लुटिए उपाधि जितेकी हुन् ।
'यो मेरो लागि धेरै हो । उपाधि जित्नका लागि सहज छैन,' उनले भनिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)




-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)

