एजेन्सी । जिम्बावेविरुद्धको दोस्रो तथा अन्तिम टेस्टमा अफगानिस्तान विजयी भएको छ ।
आबुधाबीमा आइतबार अफगानिस्तानले जिम्बावेलाई ६ विकेटले पराजित गरेको हो ।
अफगानिस्तान विजयी भएसँगै २ खेलको टेस्ट सिरिज बराबरीमा सकिएको छ ।
शेख जायद क्रिकेट स्टेडियममा अफगानिस्तानले पहिलो इनिङ्समा ५ सय ४५ रनको फराकिलो स्कोर बनाएको थियो ।
जिम्बावे पहिलो इनिङ्समा २ सय ८७ रनमा समेटिएको थियो । त्यसपछि अफगानिस्तानले जिम्बावेलाई फलो अनमा पठाएको थियो ।
फलो अनमा परेको जिम्बावेले दोस्रो इनिङ्समा ३ सय ६५ रन बनाएपछि अफगानिस्तानले १ सय ८ रनको लक्ष्य पाएको थियो ।
जिम्बावेबाट प्राप्त सामान्य लक्ष्य अफगानिस्तानले ४ विकेट गुमाएर पूरा गर्यो ।
यस अघि पहिलो टेस्टमा जिम्बावे १० विकेटले विजयी भएको थियो ।
अब जिम्बावे र अफगानिस्तानबीच ३ खेलको टी-ट्वान्टी सिरिज हुनेछ ।