एमबाप्पे कम्तीमा तीन हप्ता मैदान बाहिर रहने सम्भावना

काठमाडौं। रियल मड्रिडका फ्रेञ्च स्ट्राइकर किलियन एमबाप्पेलाई बाँया घुँडामा चोट लागेको पुष्टि भएको छ।
स्पेनिस क्लबले एमबाप्पेलाई ‘स्प्रेन’ भएको पुष्टि गरेको हो। तर, रिकभरीको लागि कति समय लाग्ने हो भन्नेबारे भने खुलाइएको छैन।
फ्रेञ्च सञ्चारमाध्यमलले भने एमबाप्पे कम्तीमा तीन हप्तासम्म मैदानमा नहुने जानकारी दिएका छन्। स्ट्राइकर एमबाप्पेलाई विगत केही हप्तादेखि आफ्नो घुँडाको लैटरल लिगामेन्टमा समस्या भइरहेको थियो। बुधबार बिहान गरिएको एआआरआई स्क्यानले चोट देखाएको हो।
एमबाप्पे हालसम्म उत्कृष्ट फार्ममा रहेका छन्। यसै महिनाको सुरुमै उनले रियलका लागि आफ्नो २०२५ को ५९औं गोल गरेका थिए। योसँगै क्रिस्टियानो रोनाल्डोको क्लबको एक वर्षभित्रको गोल रेकर्डसँग बराबरी गरेका थिए।
पूर्व पेरिस सेन्ट–जर्मेन खेलाडी एमबाप्पे सन् २०२४ को समरमा मड्रिड आएका थिए। यस सिजन उनले २९ गोल गरिसकेका छन्। लिगमा मात्र उनले सर्वाधिक १८ गोल गरेका छन्।
रियलको अर्को खेल आइतबार ला लिगामा रियल बेटिसविरुद्ध छ।












