टाइब्रेकरमा चर्च बोइज भाग्यमानी
बुधबार, १६ पौष २०८२खेलपाटी संवाददाता

हिमालयन मनोज, लमजुङ। बुद्ध युवा क्लबलाई टाइब्रेकरमा पाखा लगाउँदै ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेड त्रिवेणी युथ क्लब ३३औं त्रिवेणी कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
त्रिवेणी रंगशालामा बुधबार सम्पन्न खेलमा चर्च बोइजले ५–३ ले पाखा लगाएको हो। योसँगै चर्च बोइजले सेमिफाइनल प्रवेश गर्न लालीगुराँससँग खेल्ने भएको छ।
लालीगुराँसले भने सातदोबाटो युथ क्लबलाई पाखा लगाउँदै अन्तिम ८ मा स्थान बनाएको हो।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि खेलको छिनोफानो टाइब्रेकरमार्फत गरिएको हो।
टाइब्रेकरमा चर्च बोइजका विवेक राई, अब्दुल फुरुनी, सुदीप मगर, मनोज राई र सन्जोग खपांगी मगरले गोल गरे।
बुद्धका राम थापामगर, सीमन्त थापा र शिसस थापाले गोल गरे। बुद्धका लक्षु थापामगरले गोल गर्न सकेनन्।











-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)