काठमाडौं । नेपाल पाकिस्तान फ्रेन्डसिप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि ग्रेट हिमालय क्रिकेट एकेडेमीले हात पारेको छ ।
धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा शनिबार भएको फाइनलमा एन्जल्स हार्ट एकेडमीलाई १ सय ७ रनले हराएर ग्रेट हिमालय क्रिकेटले उपाधि हात पारेको हो ।
टस हारेर ब्याटिङ गरेको ग्रेट हिमालयले निर्धारित २० ओभरमा १० विकेट गुमाउदै २ सय २० रनको बिशाल लक्ष्य प्रस्तुत गर्यो । उसको लागि हेमन्त श्रीबास्तबले शतकीय इनिङ्स खेले । उनले १०६ रन बनाए । यस्तै अशोक पौडेलले ३६ रन बनाए ।
एन्जल्सको लागि श्याम त्रिपाठीले ४ तथा बिपिन न्यौपानेले ३ विकेट लिए ।
ग्रेट हिमालयले दिएको २ सय २१ रनको विशाल लक्ष्य सहित जवाफी ब्याटिङ गरेको एन्जल्स १७ ओभर ५ बलमा अलआउट हुँदै १ सय १३ रनमा समेटियो । उसको लागि दिनेश पुनले सर्बाधिक २१ रन बनाए । यस्तै बिबेक न्यौपानेले १७ रन मात्रै बनाए ।
ग्रेट हिमालयको लागि सुशान्त तिमिल्सिना र अशोक पौडेलले समान ३ विकेट लिए ।