काठमाडौं । काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई जितका लागि १ सय ६ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५ रन बनायो ।
एपीएफका लागि बसन्त रेग्मीले सर्वाधिक २२ रन बनाए । यस्तै सन्दीप जोरा र अमर रौटेलाले १८/१८ रन बनाए ।
भुवन कार्कीले १४ रन जोड्दा अविनास बोहराले १२ रन बनाए । शंकर राना र सुमित महर्जन समान ४ रनमा आउट भए ।
कमल ऐरी १ रनमा आउट हुँदा किशोर महतो १ रनमा अविजित रहे ।
कप्तान शरद भेषवाकर र आसिफ शेख सुन्य रनमा आउट भए ।
एपीएफलाई सस्तैमा समेट्न पुलिसका गुल्सन झा र सागर ढकालले ४/ ४ विकेट लिए । गुल्सनले ३६ रन खर्चिदा सागरले २८ रन खर्चिए ।
पवन सर्राफ र ललित राजवंशीले १/१ विकेट लिए ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ ।
उत्कृष्ट ब्याट्सम्यान र बलरले २५/२५ हजार पाउने छन् ।