काठमाडौं । काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
टियु क्रिकेट मैदानमा एपीएफले टस जितेको छ र पहिले ब्याटिङ रोजेको छ । एपीएफले ब्याटिङ रोजेपछि पुलिसले सुरुवातमा बलिङ गर्नेछ ।
आज एपीएफ र पुलिस उपाधि आफ्नो बनाउने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
एपीएफका कप्तान शरद भेषवाकर र पुलिसका कप्तान मन्जित श्रेष्ठ उपाधि जित्नेमा विश्वस्त समेत देखिएका छन् ।
एपीएफ ४ खेलमा ३ जितसहित दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो ।
पुलिस भने ४ खेलमा ३ जितसहित शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।
पुलिस एपीएफविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिदै उपाधि उचाल्न चाहन्छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले २५/२५ हजार पाउने छन् ।