सोमबार, १९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

दिपेश र बिष्णु क्वाटरफाइनलमा

शुक्रबार, २८ फाल्गुण २०७७खेलपाटी संवाददाता
दिपेश र बिष्णु क्वाटरफाइनलमा
mustang rice ad

काठमाडौं । एपीएफका दिपेश धामी र नेपाल पुलिसका बिष्णु कटुवाल राजधानीमा जारी प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको अन्तिम आठमा प्रवेश गरेका छन् ।

शुक्रबार भएको खेलमा दिपेशले सेनाका सन्तोष पनेरुलाई २१-१४, २१-१२ को सहज जित निकाल्दै क्वाटरफाइनलमा पुगेका हुन् ।

प्रतियोगिताका दोस्रो वरीयता पाएका बिष्णुले सेनाका डेभिड थापामाथि २३-२५, २१-१९, २१-१७ को जित निकाल्दै अन्तिम आठमा पुगे ।

यसैगरि पुरुष एकलमा अन्तिम आठमा स्थान बनाउनेमा सेनाका पविन लिनथेप, पुलिसका जीवन आचार्य, सेनाका रुकेश महर्जन, भुपु सैनिकका सहरोज अन्सारी, सिल्क ग्रुपका प्रिन्स दाहाल, सेनाका भोजबहादुर गुरुङ रहेका छन् ।

पविनले कैलालीका देवराज रानालाई २१-१६, १५-२१, २२-२० ले पराजित गरे । जीवनले सेनका गोकुल जोरालाई २१-१७, २१-१०, रुकेशले भुपु सैनिकका सुरज गुप्तालाई २१-१४, २१-१७, सहरोजले पुलिसका पूर्ण बहादुर थापालाई २१-१७, १८-२१, २१-१६, प्रिन्सले सेनाका आयुष्मान नागरीलाई २१-१६, २१-७ र भोजबहादुरले सुर्खेतका नरेन्द्र बमलाई २१-१४, २३-२१ ले पराजित गर्दै अन्तिम आठमा पुगेका हुन् ।

तारकेश्वर नगरपालिका १ साङ्गलास्थित साईनो स्पोर्टस् हलको आयोजना तथा तारकेश्वर नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगिताको महिला एकलतर्फ धादिङ्गकी तारा आले र सेनाकी प्राथना देउवाले क्वाटरफाइनलमा स्थान बनाए ।

ताराले सेनाकी डेमोना के.सी. २१-१०, २१-७ तथा प्राथनाले बुटवलकी प्रतिष्ठा अर्यालमाथि २१-६, २१-७ को सहज जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरे ।

पुरुष युगल सी लेबलको प्रतिस्पर्धामा धादिङ्गका बिपेन घले र राम मल्ल ठकुरीको जोडी र गण्डकी ब्याडमिन्टन क्लबका सरद खड्का रमेश ठकुरीको जोडीले सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

क्वाटरफाइनल प्रवेश गर्ने अन्यमा टोखाका क्षितीज खनाल र अमन महर्जनको जोडी, सिडीबिएका किरण बिष्ट र राजकुमार गुरुङ्गको जोडी, किर्तिपुरका द्रिपेश बज्राचार्य र निखिल भट्टको जोडी, भुपुका जीवन खत्री र प्रकाश कुँवरको जोडी, गोकर्णेश्वरका लोक बहादुर लामा र गणेश श्रेष्ठको जोडी, टोखाका बुद्ध डङ्गोल र शोक राज डङ्गोलको जोडी रहेका छन् ।

यस्तै पुरुष ४५ बर्ष माथिको युगल तर्फ जेष्ट ब्याडमिन्टनका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडी क्वाटरफाईनल प्रवेश गर्यो । गोकर्णेश्वरका बुद्धिबहादुर घिसिङ्ग र डि. बहादुर तामाङ्गको जोडीले पनि क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो ।

क्वाटरफाइनल प्रवेश गर्नेमा युनिक स्पोर्टस्का एम. बज्राचार्य र अनिल कुमार लाखेको जोडी, पिएफसीका पूर्ण हरि होना र संजय कपालीको जोडी, बुटवलका बिरेन्द्र सिंह बिष्ट र मान बहादुर रानाको जोडी, जेष्टका राजाबाबु महर्जन र रुद्र थिङ्गको जोडी, ललितपुरका सुमन महर्जन र सुनिल मान शाक्यको जोडी तथा चन्द्रागढीका हरि खत्री र भरत श्रेष्ठको जोडी पनि रहेका छन् ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Bajaj Pulsar Motorcycle Ad
मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

चित्लाङले सातदोबाटोलाई रोक्यो

चित्लाङले सातदोबाटोलाई रोक्यो

आपसी सहमतिमा समाधान खोज्न पाकिस्तानलाई आईसीसीको आग्रह

आपसी सहमतिमा समाधान खोज्न पाकिस्तानलाई आईसीसीको आग्रह

डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

कीर्तिमाननजिक मार्टिनेज

कीर्तिमाननजिक मार्टिनेज