एजेन्सी । पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको बाँकी खेलहरु जुनबाट सुरु हुने भएको छ ।
पाकिस्तान क्रिकेट बोर्डले सहभागि टिमसँगको छलफलपछि प्रतियोगिताको बाँकी खेल जुनबाट सुरु गर्ने निर्णय गरेको हो ।
कोरोना भाईरसको कारण प्रतियोगिता दुई साता अघि स्थगित गरिएको थियो।
खेलाडी र स्टाफमा कोरोना भाईरसको संक्रमण देखिन थालेपछि प्रतियोगिता स्थगित गरिएको थियो ।
सहभागि टिमसँगको छलफलपछि खेलाडी र लिगमा सहभागीको स्वास्थ्यलाई ध्यानमा राख्दै लिग स्थगित गरिएको बोर्डले जनाएको थियो ।
यस सिजनको लागि नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि कराँची पुगेका थिए ।
सन्दीपले लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने तय थियो ।
लाहोरले सन्दीपलाई राशिद खानको स्थानमा अनुबन्ध गरेको हो ।
तर, सन्दीप एक खेल पनि नखेली नेपाल फर्किएका थिए ।