रुपन्देही । वेस्टर्न क्रिकेट क्लब रुपन्देहीमा जारी एनटीसी रुपन्देही सुपर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको खेलमा सेमिफाइनलमा खुकुरी क्लबलाई ५ रनले पराजित गर्दै वेस्टर्न उपाधि नजिक पुगेको हो ।
अब उपाधिका लागि वेस्टर्नले होराइजन क्रिकेट क्लबसँग खेल्नेछ ।
पहिले ब्याटिङ गरेको वेस्टर्नले ४३ ओभर १ बलमा अलआउट हुँदै १ सय ५० रन बनाएको थियो ।
उसका लागि राहुल कुमारले ८२ रन बनाएको अर्धशतकीय इनिङ्स खेले । भुवन पाण्डे र एकेन्द्र कुँवरले समान ११ रन बनाए ।
खुकुरीका अजय लोनियाले ४ तथा दुर्गेश गुप्ताले ३ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको खुकुरीले ३५ ओभर १ बलमा अलआउट भएर १ सय ४५ रन मात्र बनाउन सक्यो ।
उसका निश्चल चौधरीले ३३ रन बनाए ।
वेस्टर्नका अविशेक गौतम एक्लैले ६ विकेट लिए ।