काठमाडौ । पुल्चोक इन्जिनियर क्लबले राजधानीमा जारी नेपाल पाकिस्तान मैत्रीपूर्ण टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।
धुम्बाराहीस्थित पाकिस्तान दुतावासको मैदानमा भएको खेलमा पुल्चोकले आरएस विद्यापिठलाई २८ रनले पराजित गरेको हो ।
पुल्चोकले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्य पछ्याएको आरएस विद्यापिठले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा २ सय २० रन मात्र जोड्न सक्यो ।
विद्यापिठका जनक भट्टले ४४ रनको योगदान गरेपनि टोलीको हार भने टार्न सकेनन् ।
पुल्चोकका उदिप श्रेष्ठले र दिनेश ठगुन्नाले समान २ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको पुल्चोकले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै २ सय ४६ रनको योगफल तयार पारेको थियो । पुल्चोकका ओपन गौरब खड्काले ९४ र सागर थापाले ६७ रनको योगदान गरे ।
१२ टोलीको सहभागिता रहेको प्रतियोगिताको सेमिफाइनल समिकरण भने यसअघि नै पूरा भईसकेको छ ।
समूह ए बाट हाम्रो किचन,समूह बी बाटा बलपार्क क्रिकेट एकेडेमी,समूह सी बाट ग्रेट हिमालय क्रिकेट एकेडेमी र समूह डी बाट एन्जल हार्ट समूहको शीर्ष स्थानमा बस्दै अन्तिम ४ मा प्रवेश गरिसकेका छन् ।
शुक्रबार हुने पहिलो सेमिफाइनलमा ग्रेट हिमालय र हाम्रो किचन र दोस्रो सेमिफाइनलमा एन्जल हार्टले बाल पार्कको सामना गर्नेछ ।