बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

प्रनिश र विशालको जोडी क्वाटरफाइनलमा

बिहिबार, फागुन २७, २०७७खेलपाटी संवाददाता
प्रनिश र विशालको जोडी क्वाटरफाइनलमा
Classic Tech Internet Ad

काठमाडौं । झापाका प्रनिश सिंह ठकुरी र विशाल बस्नेतको जोडी प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार एपीएफका भेट्रान खेलाडीद्वय ईन्द्र महता र अनिल कुमार लाखेको जोडीलाई १९-२१, २१-१६, २१-११ को सेटमा पराजित गर्दै प्रनिश र विशालको जोडीले क्वाटरफाइनलमा स्थान बनाउन सफल भएका हुन् ।

साईनो स्पोर्टस् हलको आयोजना तथा तारेकेश्वर नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगलतर्फ क्वाटरफाइनल प्रवेश गर्ने अन्यमा स्पोर्टस् हवका गणेश ढुङ्गाना र अभिषेक गुरुङ्गको जोडी, चण्डोलका सनम खपाङ्गी र हिरा राईको जोडी, ईचंगुका रमेश श्रेष्ठ र साजन श्रेष्ठको जोडी, सिन्धुलीका दिपेन्द्र बस्नेत र रुपक थिंगको जोडी, सुर्खेतका नरेन्द्र बम र चण्डोका शिव थापाको जोडी, भुपु सैनिकका सहरोज अन्सारी र सुरज गुप्ताको जोडी रहेका छन् ।

गणेश र अभिषेकको जोडीले टोखाका क्षितीज खनाल र सूर्यदर्शनका दीपक रानाको जोडीलाई १४-२१, २१-१९, २१-१५, सनम र हिराको जोडीले सेनाका भोजबहादुर गुरुङ्ग र आयुष्मान नागरीको जोडीलाई २१-१४, २१-१३, रमेश र साजनको जोडीले टोखाका अमन महर्जन र नारायण श्रेष्ठको जोडीलाई २१-१८, २१-१२, दिपेन्द्र र रुपकको जोडीले बुटवलका प्रतिक अर्याल र एनआरएन दुवईका शाहिल चन्दको जोडीलाई २१-११, २१-८, नरेन्द्र र शिवको जोडीले सेनाका गोकुल जोरा र डेभिड थापा मगरको जोडीलाई २१-११, २१-१५ तथा सहरोज र सुरजको जोडीले कैलालीका योगश खड्का र देव राज रानाको जोडीलाई २३-२५, २१-१६, २१-११ ले पराजित गरेका हुन् ।

पुरुष युगल सी तर्फको खेलमा साईनोका संजय श्रेष्ठ र समिर थापा, टोखाका क्षितीज खनाल र अमन महर्जन, धादिङ्गका बिपिन घले र राम मल्ल ठकुरी, हरिसिद्धी ब्याडमिन्टन क्लबका पुस्पेन्द्र महर्जन र तुलसी राम महर्जन, दीपक ब्याडमिन्टन एकेडेमीका रुपाल बादे र राम आले मगर, गण्डकी ब्याडमिन्टन क्लबका सरद खड्का र रमेश ठकुरी, सूर्यदर्शनका बाबुराम अर्याल र हिरा रोका मगर, स्पोर्टस् हवका बिशम राई र दिलिप राई, किर्तिपुरका द्रिपेश बज्राचार्य र निखिल भट्ट, भुपु सैनिकका जीवन खत्री र प्रकाश कुँवर, नुवाकोटका चन्दन घले र सुरज लामा, गाकर्णेश्वरका लोक बहादुर लामा र गणेश श्रेष्ठ, साईनोका ओम लाल गुरुङ्ग र बुद्धिलाल नगरकोटी, टोखाका बुद्धि डङ्गोल र शोकराज डङ्गोल तथा सूर्यदर्शनका बिश्णु राना र टिका थापाको जोडी पनि आआफ्ना प्रतिद्वन्दिलाई पाखा लगाउँदै अर्को चरण प्रवेश गरेका छन् ।

पुरुष युगल बी तर्फ दीपक ब्याडमिन्टन एकेडेमीका रुपाल बादे र बिभेक शर्माको जोडी, टोखाका क्षितीज खनाल र अमन महर्जनको जोडी, गण्डकी ब्याडमिन्टन क्लबका तिलक छन्त्याल र हिरा राईको जोडी, भुपु सैनिकका सुरज गुप्ता र स्पोर्टस् हवका दिलिप राईको जोडी, भक्तपुरका नवराज सापकोटा र ईश्वर थापाको जोडी, सिन्धुलीका दिपेन्द्र बस्नेत र रुपक थिङ्गको जोडी, चण्डोलका सनम खपाङ्गी र शिव मगरको जोडी तथा दीपक ब्याडमिन्टन एकेडेमीका राम आलेमगर र सूर्यदर्शनका अर्जुन तामाङ्गको जोडी पनि आआफ्नो प्रतिद्वन्दिलाई पन्छाउँदै अर्को चरणमा स्थान बनाउन सफल भए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

Bajaj Pulsar Motorcycle Ad
आधा दर्जन गोल वर्षाउँदै झापा सेमिफाइनलमा

आधा दर्जन गोल वर्षाउँदै झापा सेमिफाइनलमा

नेपालको पहिलो जित

नेपालको पहिलो जित

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

रोहनको २ गोलसँगै सलहेश फाइनलमा

रोहनको २ गोलसँगै सलहेश फाइनलमा

नेपालले युएई भ्रमणमा चारवटै खेल  हार्‍यो

नेपालले युएई भ्रमणमा चारवटै खेल हार्‍यो

सडकमा उत्रिँदै फुटबल खेलाडी !

सडकमा उत्रिँदै फुटबल खेलाडी !

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

चित्लाङको विजयी सुरुआत

चित्लाङको विजयी सुरुआत