सोमबार, १९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

देवराज र पविनको विजयी सुरुवात

बुधबार, २६ फाल्गुण २०७७खेलपाटी संवाददाता
देवराज र पविनको विजयी सुरुवात
mustang rice ad

काठमाडौं । कैलालीका देवराज राना र सेनाका पविन लिनथेपले प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताका विजयी सुरुवात गरेका छन् ।

देवराजले आयोजक साईनोका सुजन थापालाई २१-१४, २१-१४ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे ।

यस्तै पविनले बुटवलका प्रतिक अर्यालमाथि २१-७, २१-८ को जित हात पारे ।

दोश्रो चरणमा प्रवेश गर्ने क्रममा सेनाका सन्तोष पनेरुले काठमाडौं ब्याडमिन्टन एकेडेमीका प्रतिक श्रेष्ठमाथि २१-३, २१-५, गोकुल जोराले एनआएएन दुवईका साहिल चन्दलाई २१-५, २१-१०, रुकेश महर्जनले काठमाडौं ब्याडमिन्टन एकेडेमीका अश्विन जलानलाई २१-१३, २१-१०, भुपु सैनिक तालिम केन्द्रका सुरज गुप्ताले टोखाका दामोदर श्रेष्ठबाट वाक ओभर, सहरोज अन्सारीले कैलालीका योगेश खड्कालाई १८-२१, २१-११, २१-१८ र नेपाल पुलिसका पूर्ण बहादुर थापाले टोखाका क्षितीज खनाललाई २१-१९, २२-२० ले पराजित गरे ।

सेनाका आयुष्मान नागरीले काठमाडौं ब्याडमिन्टन एकेडेमीका दिपेन गायकबाट वाक ओभर, सुर्खेतका नरेन्द्र बलमे काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका बबिस थापालाई २१-१६, २१-१५, सेनाका भोजबहादुर गुरुङ्गले चण्डोलका शिव थापालाई २३-२१, २१-१२ र डेभिड थापाले टोखाका अमन महर्जनलाई २१-१५, २१-१० ले पराजित गरे ।

तारकेश्वर १ साङ्गलामा आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगिताको पुरुष युगल सीतर्फ सिन्धुलीका बिष्णु ढुङ्गेल र पुरज ढुङ्गेलको जोडीले स्पोर्ट्स हवका ज्ञानु गिरी र रोचक राईको जोडीलाई २०-२२, २१-४, २१-९, दाङ्गका अरुण अधिकारी र सुविन श्रेष्ठको जोडीले चन्द्रागिरीका अशोक जोशी र रोशन श्रेष्ठको जोडीलाई २१-१५, २१-१८, दीपक ब्याडमिन्टन एकेडेमीका रुपाल बादे र राम आले मगरको जोडीले हरिशिद्धी ब्याडमिन्टन क्लबका बिक्रम महर्जन र हेरिराज महर्जनको जोडीलाई २१-१८, २१-१७, गण्डकी ब्याडमिन्टन क्लबका शरद खड्का र रमेश ठकुरीको जोडीले सूर्यदर्शनका दीपक राना र अर्जून तामाङ्गको जोडीलाई १५-२१, २१-१२, २१-१९ र टोखाका मानकाजी श्रेष्ठ र पुष्प श्रेष्ठको जोडीले चण्डोलका सुमन डङ्गोल र सुजन तामाङ्गको जोडीलाई २१-१५, २१-८ ले पराजित गर्दै दोश्रो चरणमा स्थान पक्का गरे ।

यसैगरि दोश्रो चरण प्रवेश गर्ने क्रममा सूर्यदर्शनका बाबुराम महर्जन र हिरा रोका मगरको जोडीले बुटवलका प्रतिक अर्याल र युएई दुवइ एनआरएनका साहिल चन्दको जोडीलाई २१-१६, २१-१०, हरिसिद्धी ब्याडमिन्टन क्लबका धनराम महर्जन र सिदिस महर्जनको जोडीले धर्मस्थलीका नवराज खड्का र बिजय श्रेष्ठको जोडीलाई १६-२१, २१-१५, २१-१८, किर्तिपुरका द्रिप्रिस बज्राचार्य र निखिल भट्को जोडीले भक्तपुरका राजेश खाईतु श्याम सुन्दर खाईजुको जोडीलाई २१-९, २१-१६, टोखाका क्षितीज खनाल र अमन महर्जनको जोडीले भक्तपुरका राजेश घेमसु र रुकेश कुवरको जोडीलाई २१-७, २४-२२ ले पराजित गरे ।

भुपु सैनिकका जीवन खत्री र प्रकाश कुँवरको जोडीले टोखाका पदम गुरुङ्ग र प्रशान्त सिंह ठकुरीबाट वाकओभर, नुवाकोटका चन्दन घले र सुरज लामाको जोडीले ललितपुरका सुजित महर्जन र राकेश शाक्यबाट वाक ओभर तथा टोखाका प्रकाश कार्की र दामोदर श्रेष्ठको जोडीले ओखलढुङ्गाका हेमन्त राई र निरज राईको जोडीबाट वाकओभर प्राप्त गरे ।

प्रतियोगिताको प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठले पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरे ।

पाँच दिन सम्म संचालन हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (राष्ट्रिय बरियतामा एकल र युगलमा उच्च २० मा रहेका बाहेक) भेट्रान्स (४५ बर्ष माथी) बी र सी लेबल गरि कुल ६ बिधामा १९७ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा पुरुष एकल र युगलमा बिजयी शिर्ष तीन स्थानका खेलाडीहरुले नगद ५०, ३० र १० हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै पुरुष एकलमा क्वाटरफाईनलिष्टहरुले नगद ५ हजार र प्रमाण पत्र प्राप्त गर्ने छन् । महिला एकल तर्फ शिर्ष तीनले ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल प्रमाण पत्र प्राप्त गर्ने छन् ।

भेट्रान्स तर्फ बिजयी शिर्ष तीनले ४०, २५ र २० हजारका साथै मेडल, प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै प्रथम स्थान प्राप्त गर्नेलाई ट्रफी प्रदान गरिने छ । प्रतियोगिताको लागत १५ लाख रहेको छ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Bajaj Pulsar Motorcycle Ad
मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

चित्लाङले सातदोबाटोलाई रोक्यो

चित्लाङले सातदोबाटोलाई रोक्यो

आपसी सहमतिमा समाधान खोज्न पाकिस्तानलाई आईसीसीको आग्रह

आपसी सहमतिमा समाधान खोज्न पाकिस्तानलाई आईसीसीको आग्रह

डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

कीर्तिमाननजिक मार्टिनेज

कीर्तिमाननजिक मार्टिनेज