युभेन्ट्सको जितमा मोराटाको दुई गोल
आइतबार, फागुन २३, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा युभेन्ट्सले लाजियोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर युभेन्ट्सले जित निकालेको हो ।
खेलको १४ औं मिनेटमा जोआकिन कोर्रेयाले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ३९ औं मिनेटमा एड्रिन राबिओटले गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
दोस्रो हाफमा युभेन्ट्सका लागि मोराटा चम्किए ।
खेलको ५७ औं मिनेटमा मोराटाले गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ६० औं मिनेटमा मोराटाले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई ३-१ को जित दिलाए ।
जितसँगै युभेन्ट्सले २५ खेलमा ५२ अंक जोडेको छ ।
युभेन्ट्स लिगको तेस्रो स्थानमा रहेको छ ।
लाजियो ४३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

