बार्सिलोनाको सहज जित
आइतबार, फागुन २३, २०७७खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
ओसासुनाको मैदानमा बार्सिलोनालाई जित दिलाउन जोर्डी अल्बा र मोरिबाले एक एक गोल गरे ।
खेलको ३० औं मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा मोरिबाले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए ।
जितसँगै बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको अंक दुरी घटाएको छ ।
बार्सिलोनाले २६ खेलमा ५६ अंक जोडेको छ ।
दोस्रो स्थानको बार्सिलोना एट्लेटिको भन्दा २ अंकले पछि रहेको छ ।
एट्लेटिकोको ५८ अंक रहेको छ ।
ओसासुना २८ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

