श्री भगवतीसँग खुमलटार स्तब्ध
शनिबार, फागुन २२, २०७७खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लब पराजित भएको छ ।
शनिबार भएको खेलमा खुमलटार श्री भगवती क्लबसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरुवाती अग्रता जोगाउन नसक्दा खुमलटार पराजित भएको हो ।
खेलको २६ औं मिनेटमा सबिन केसीले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ४१ औं मिनेटमा डोना थापाले गोल गर्दै श्री भगवतीलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८४ औं आशिष श्रेष्ठले गोल गर्दै श्री भगवतीलाई २-१ को जित दिलाए ।
जितसँगै श्री भगवतीले १० खेलमा १२ अंक जोडेको छ ।
लिगको दोस्रो स्थानको खुमलटारले १० खेलमा २२ अंक जोडेको छ ।
यस हारसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गर्ने मौका गुमाएको छ ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

