मिलनको गोलमा ब्वाइज युनियनको जित
शनिबार, फागुन २२, २०७७खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा ब्वाइज युनियन क्लबले जित निकालेको छ ।
शनिबार भएको खेलमा ब्वाइज युनियनले टुसाल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा ब्वाइज युनियनलाई जित दिलाउन मिलन लिम्बुले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७२ औं मिनेटमा मिलनले हेडमार्फत निर्णायक गोल गरे ।
यस जितसँगै ब्वाइजले १० खेलमा १७ अंक जोडेको छ ।
ब्वाइज चौंथो स्थानमा यथावत रहेको छ ।
टुसाल १० खेलमा ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

