मेस्सीलाई 'प्लेयर अफ दि मन्थ' अवार्ड
शनिबार, २२ फाल्गुण २०७७खेलपाटी संवाददाता

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी स्पेनिस ला लिगामा फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडी बनेका छन् ।
ला लिगाले शुक्रबार मेस्सीलाई 'प्लेयर अफ दि मन्थ' अवार्ड प्रदान गरेको छ ।
मेस्सीले फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडी बन्दै 'प्लेयर अफ दि मन्थ' अवार्ड जितेका हुन् ।
३३ वर्षीय मेस्सीले फेब्रुअरीमा ५ खेलमा ७ गोल गरेका थिए ।
मेस्सी ला लिगामा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका छन् ।
उनले १९ गोल गरिसकेका छन् ।
ला लिगामा बार्सिलोना दोस्रो स्थानमा रहेको छ ।
बार्सिलोनाले २५ खेलमा ५३ अंक जोडेको छ ।
शीर्ष स्थानको एट्लेटिको मड्रिडको ५८ अंक रहेको छ ।







_1727591754-1766731628489.jpg&w=3840&q=75)




-1766743021282.jpeg&w=3840&q=75)

