भोजपुर । प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा भोजपुरका विशाल तामाङले प्रि-क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
भोजपुर सदरमुकाममा बुधबारबाट सुरु प्रतियोगिताको पुरुष एकलमा विशालले सुनसरीका सत्यन सुब्बामाथि १८-२१, २३-२१, २१-१४ को जित निकाल्दै प्रि-क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् ।
भोजपुरकै अर्का खेलाडी सुवास तामाङ पनि प्रि-क्वाटरफाइनलमा स्थान बनाउन सफल भए । सुवासले सोलखुम्बुका संयोग सुब्बालाई २१-१६, २१-१९ ले पराजित गरे ।
सुनसरीका प्रकाश लिम्बुले मोरङका जोन जसराजलाई २१-१४, २१-१५ ले हराएर प्रि-क्वाटरफाइनलमा स्थान पक्का गरे ।
यस्तै पाँचथरका दिवस शंकरले भोजपुर दिङ्गलाका नरेन्द्र तामाङबाट, बेलटारका विनय चौधरीले भोजपुरका सुजन तामाङबाट, भोजपुरका सुरज रानाले भोजपुर दिङ्गलाका दावा शेर्पाबाट वाक ओभर प्राप्त गर्दै प्रि-क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
पुरुष युगलतर्फ बेलबारीका अजय चौधरी र मंदीप घले, संखवासभाका सुनिल कार्की र निशान कटुवाल, खोटाङका बिजय राई र सविन श्रेष्ठ, बेलबारीका नविन राई र लाक्पा शेर्पा, भोजपुर दिङ्गलाका लेखनाथ श्रेष्ठ र बुद्ध ताामाङ तथा भोजपुरका सुरज मगर र मनोज श्रेष्ठको जोडीले पनि प्रि-क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
ब्वाईज यू-१७ तर्फ सोलुखुम्बुका संयोग बस्नेत, खोटाङका सनम राई, ईटहरी ब्याडमिन्टन क्लबका भोज बहादुर गुरुङ, ओखलढुङ्गाका बिकास कटुवाल, संखुवासभाका निशान कटुवाल, धनकुटाका सुजन तामाङ, बेलटारका बिनय चौधरी, खोटाङ्गका बिकास खत्री, भोजपुरका युनिश राई, सोलुखुम्बुका संयोग बस्नेत, खोटाङ्गका सनम राई, ओलढुङ्गाका हेमन्त राई, संखुवासभाका सुनिल कार्की, मोरङ्गका जोन जसराज, खोटाङ्गका बिजय राई, बेलटारका सनिल चौधरी, खोटाङ्गका सबिन श्रेष्ठ र सुनसरीका सत्यम सुुब्बा पनि अन्तिम १६ प्रवेश गरे ।
प्रतियोगिताको प्रमुख अतिथी भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरे । यस्तै प्रमुख अतिथी मेयर आलेले प्रतियोगिता रेफ्रि अनुप शाक्यलाई सटल कर्क हस्तान्तरण गर्दै प्रतियोगिता संचालन गर्न अनुरोध प्रदान गरे ।
भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा सुरु प्रतियोगितामा पूर्वाञ्चलका १२ जिल्लाका ९९ खेलाडीहरुले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।