युनाईटेडविरुद्ध जाहाले नखेल्ने

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर युनाईटेडले क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्दैछ ।
युनाईटेडले क्रिस्टलसँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति २ बजे सुरु हुनेछ ।
क्रिस्टलविरुद्ध मैदान उत्रदा युनाईटेड जित निकाल्ने लक्ष्यमा हुनेछ ।
क्रिस्टललाई हराएर युनाईटेड शीर्ष स्थानको म्यानचेस्टर सिटीविरुद्ध अंक दुरी कम गर्न चाहन्छ ।
युनाईटेड ५० अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ । युनाईटेड सिटी भन्दा १५ अंकले पछि रहेको छ ।
क्रिस्टल ३३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
युनाईटेडविरुद्ध क्रिस्टलका मुख्य स्ट्राइकर विलफ्रेड जाहाले खेल्ने छैनन् ।
थाइ इन्जुरीका कारण उनि टिम बाहिर रहेका छन् ।
तर, जेफ्री स्लुप र कोर्नर विह्याम भने टिममा फर्कने छन् ।
युनाईटेडका पाउल पोग्बा र फिल जोन्स खेल्ने छैनन् ।
एडिन्सन काभानी टिममा फर्कने छन् ।