लिभरपुलका लिजेण्ड इयानको निधन
मंगलबार, १८ फाल्गुण २०७७खेलपाटी संवाददाता

एजेन्सी । लिभरपुलका लिजेण्ड इयान जोनको ८२ वर्षको उमेरमा निधन भएको छ ।
लिभरपुलले मंगलबार पूर्व स्ट्राइकर इयानको निधन भएको जनाएको छ ।
‘हामी इयान जोनको निधनबाट धेरै दुखित छौँ,’ लिभरपुलले लेखेको छ,’ लिभरपुलले लेखेको छ ।
इयान लिभरपुल क्लबको इतिहासको एक महत्वपूर्ण खेलाडी हुन् ।
इयानले सन् १९६१ देखि ७१ सम्म लिभरपुलबाट खेलेका थिए ।
उनको उत्कृष्ट प्रर्दशनमा क्लबले १९६४ र १९६६ लिग जितेको थियो ।
साथै १९६५ मा एफए कपको उपाधि पनि उचालेको थियो ।
उनले ४ सय २५ खेलमा १ सय १८ गोल गरेका थिए ।







-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)
-1767162700754.jpg&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)
