काठमाडौं । तेस्रो संकरणको जेष्ट खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बुधबार सुरु हुने भएको छ । आयोजक ज्येष्ट ब्याडमिन्टन एकडेमीले सोमबार पत्रकार सम्मेलन गर्दै तीन दिने प्रतियोगिता बुधबारबाट हुने जनाएको हो ।
बसुन्धारास्थित एकेडमीको हलमा हुने प्रतियोगितामा विभिन्न ९ इभेन्ट्सहरु समावेश गरिएको छ । प्रतियोगितामा देशै भरिका खेलाडी, क्लब र विभागीय टिमबाट सहभागिता जनाउने छन् ।
प्रतियोगिता पुरुष एकल, महिला एकल, यू-१५ महिला/पुरुष, पुरुष युगल (खुल्ला) , ३५ बर्षमाथिका मास्टर्स, ४५ बर्ष माथिका मास्टर्स, मिक्स डबल्स र पुरुष युगल (शीर्ष २० वरीयता) इभेन्ट्स समावेश गरिएको छ ।
पुरुष एकलको विजेताले नगद ३० हजार प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले १५ हजार र तेस्रोले १० हजार पाउनेछन्। महिला एकलतर्फ विजेताले २५ हजार, दोस्रो हुनेले १२ हजार र तेस्रोले ८ हजार पाउनेछन् ।
यस्तै यू-१५ महिला/पुरुष विजेताले १६ हजार, उपविजेताले ८ हजार तथा तेस्रो हुनेले ६ हजार प्राप्त गर्नेछन् ।
३५ बर्षमाथिका मास्टर्स, ४५ बर्ष माथिका मास्टर्स र मिक्स डबल्सका विजेताले समान २० हजार, दोस्रोले १२ हजार र तेस्रो ८–८ हजार पाउनेछन् ।
त्यस्तैपुरुष युगल (खुल्ला) र पुरुष युगल (शीर्ष २० वरीयता) का विजेताले २५ हजार पाउनेछन् । खुल्लातर्फ दोस्रोले १२ र तेस्रोले ८ हजार पाउदा शीर्ष २० वरीयताका दोस्रोले १५ र तेस्रोले १० हजार पाउने आयोजकले जनाएको छ ।