काठमाडौं । नेपाल तेक्वान्दो संघ महिला सशक्तिकरण समितिको आयोजनामा हुने तेस्रो राष्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगिता स्थगित भएको छ ।
कर्णाली प्रदेशको सुर्खेतमा फागुन २४ र २५ गते तय भएको प्रतियोगितामा स्थगित भएको हो ।
नेपाल तेक्वान्दो संघले एक विज्ञप्ति निकाल्दै खेलाडीको शैक्षिक परिक्षाको कारण प्रतियोगिता स्थगित गरिएको जनाएको छ ।
स्थगित प्रतियोगिता चैत १२ देखि १४ गतेसम्म सुर्खेतमै हुनेछ ।
प्रतियोगितामा १ हजार ५ सय खेलाडीहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
प्रतियोगिता विश्व तेक्वान्दो महासंघ र नेपाल तेक्वान्दो संघको नियममा खेलाईने छ ।
सुर्खेतको कभर्डहलमा हुने प्रतियोगितामा विश्व तेक्वान्दो महासंघले निर्धारण गरेको आधिकारीक तौल समूहमा जुनियर, सिनियर तथा पुम्सेका सवै समूहमा प्रतिस्पर्धा हुने छ ।
प्रतियोगितामा प्रत्येक विधाका पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरुले नगद तीन, दुई र एक हजार प्राप्त गर्नेछन् । यस्तै शीर्ष तीन टीमले नगद १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् ।
यस्तै जुनियर तथा सिनियर विधाका उत्कृष्ट दुई खेलाडीले जनही २५ हजार प्राप्त गर्ने छन् ।