जोकोभिचलाई नवौं पटक अष्ट्रेलियन ओपन
आइतबार, फागुन ९, २०७७खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक तथा सर्बियन खेलाडी नोभाक जोकोभिचले कीर्तिमानी नवौं पटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् ।
मेलबर्नमा आइतबार भएको फाइनलमा रुसका डेनील मेदभेदेबलाई पराजित गर्दै जोकोभिचले नवौं पटक उपाधि जितेका हुन् ।
उपाधि जित्ने क्रममा जोकोभिचले मेदभेदेबलाई ७-५, ६-२ र ६-२ को सेटमा पराजित गरे ।
जोकोभिचले लगातार तेस्रो वर्ष अष्ट्रेलियन ओपन जितेका हुन् । ९ पटक अष्ट्रेलियन ओपन जित्ने जोकोभिच पहिलो खेलाडी हुन् ।
३३ वर्षीय जोकोभिचको यो १८ औं ग्राण्डस्लाम उपाधि हो ।
महिलातर्फको उपाधि भने जापानी खेलाडी नाओमी ओसाकाले जितेकी छिन् ।
फाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई पराजित गर्दै ओसाका च्याम्पियन बनेकी हुन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)




-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)

