एजेन्सी । जापानी खेलाडी नाओमी ओसाकाले अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छिन् ।
मेलबर्नमा शनिबार भएको फाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई पराजित गर्दै ओसाका च्याम्पियन बनेकी हुन् ।
उपाधि जित्ने क्रममा तेस्रो वरीयताकी ओसाकाले २२ औं वरीयता प्राप्त ब्राडीलाई ६-४ र ६-३ को सेटमा पराजित गरिन् ।
यससँगै ओसाकाले दोस्रो पटक अष्ट्रेलियन ओपनको उपाधि जित्न सफल भएकी छिन् ।
यस अघि ओसाकाले सन् २०१९ मा उपाधि जितेकी थिइन् ।
ओसाकाको यो चौंथो ग्राण्डस्लाम उपाधि हो ।
पुरुषतर्फको उपाधिका लागि नोभाक जोकोभिच र डानिल मेदभेदेब भिड्ने छन् ।
पुरुषतर्फको उपाधि भिडन्त आइतबार हुनेछ ।