सोमबार, १९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

भोजपुरमा प्रदेश-१ स्तरीय मेयरकप ब्याडमिन्टन हुने

शुक्रबार, ०७ फाल्गुण २०७७खेलपाटी संवाददाता
भोजपुरमा प्रदेश-१ स्तरीय मेयरकप ब्याडमिन्टन हुने
mustang rice ad

काठमाडौं । भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजन र योनेक्स सनराईजको सहप्रायोजनमा प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगिता फागुन १९ देखि २२ गतेसम्म भोजपुर सदरमुकाममा आयोजना हुनेछ ।

भोजपुर बहुमुखी क्याम्पसको कभर्डहलमा संचालन हुने प्रतियोगितामा पुरुष तथा महिला एकल, पुरुष युगल, यू-१७ ब्वाईज तथा गर्ल्स गरि कुल ५ बिधामा प्रतिस्पर्धा गराईने जिल्ला संघका अध्यक्ष पूर्व राष्ट्रिय च्याम्पियन बिकास श्रेष्ठले जानकारी गराए ।

सरादेवी तामाङ, बिकास श्रेष्ठ, नङ्गशल तामाङ, बिवेक श्रेष्ठ, रत्नजित तामाङ, नविन श्रेष्ठ जस्ता राष्ट्रिय च्याम्पियन र सीता राई लगायत थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गरि सकेको भोजपुरले तीन पटक सम्म जिल्ला स्तरीय मेयर कप प्रतियोगिता आयोजना गरिसकेको छ ।

भोजपुर जिल्ला ब्याडमिन्टन संघले पहिलो पटक ५ विधामा पुरस्कार राशी सहित प्रतियोगिता आयोजना गर्न लागेको हो । भोजुपर नगरपालिकाका मेयर कैलाश कुमार आले आफै ब्याडमिन्टन खेल्ने र भोजपुरमा ब्याडमिन्टन खेलको बिकास र विस्तारमा अहोरात्र खटिदै आईरहेकाले उनकै पहलमा पहिलो पटक प्रदेश स्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगितमा प्रदेश १ का करिब १०० खेलाडीहरुले सहभागिता जनाउने छन् । करिब १२ लाख अनुमानित बजेट रहेको प्रतियोगितामा पुरुष युगलका शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः ५० हजार, ३० हजार र १५ हजार, पुरुष एकलमा शीर्ष तीन स्थान प्राप्त गर्नेले २५ हजार, १५ हजार र ७ हजार ५ सय, महिला एकलका शीर्ष तीन स्थान प्राप्त गर्नेले २० हजार, १० हजार र ५ हजार तथा यू-१७ ब्वाइज तथा गर्ल्सतर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले १५ हजार, ८ हजार र ४ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितालाई भोजपुर नगरपालिकाले ७ लाख सहयोग गरेको छ भने अन्य खर्च विभिन्न संघ संस्था, देश तथा बिदेशमा रहेका ब्याडमिन्टन खेल प्रेमीहरुको सहयोग रहने अध्यक्ष श्रेष्ठले जानकारी गराए । प्रतियोगतालाई नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने छ ।

प्रतियोगिताको लागि दर्ता गर्ने अन्तिम मिति फागुन १५ गते सम्म रहेको र दर्ता शुल्क पुरुष युगलमा २ हजार, पुरुष तथा महिला एक तर्फ १ हजार र यू–१७ तर्फ ५ सय निर्धारण गरिएको छ ।

 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Bajaj Pulsar Motorcycle Ad
मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

चित्लाङले सातदोबाटोलाई रोक्यो

चित्लाङले सातदोबाटोलाई रोक्यो

आपसी सहमतिमा समाधान खोज्न पाकिस्तानलाई आईसीसीको आग्रह

आपसी सहमतिमा समाधान खोज्न पाकिस्तानलाई आईसीसीको आग्रह

डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

कीर्तिमाननजिक मार्टिनेज

कीर्तिमाननजिक मार्टिनेज