एजेन्सी । जापानी खेलाडी नाओमी ओसाका अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् ।
मेलबर्नमा बिहीबार भएको सेमिफाइनलमा अमेरिकी खेलाडी सेरेना विलियम्सलाई पराजित गर्दै ओसाका उपाधि नजिक पुगेकी हुन् ।
तेस्रो वरीयताकी ओसाकाले दशौँ वरीयता प्राप्त सेरेनाविरुद्ध ६-३ र ६-४ को सेटमा जित निकालिन ।
सात पटकको च्याम्पियन सेरेनाविरुद्ध ओसाकालाई जित निकाल्न कठिन भएन ।
अब ओसाकाले फाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीसँग खेल्ने छिन् ।
ओसाका दोस्रो पटक अष्ट्रेलियन ओपन जित्ने योजनामा रहेकी छिन् ।
यस अघि ओसाकाले सन् २०१९ मा उपाधि जितेकी थिइन् ।
यता, सेरेनाको भने कीर्तिमानी २४ औं पटक ग्राण्डस्लाम जित्ने योजना पुन: असफल भएको छ ।
सेरेनाले हालसम्म २३ ग्राण्डस्लाम उपाधि जितिसकेकी छिन् ।
अब एक ग्राण्डस्लाम उपाधि जितेका सेरेनाले मार्गरेट कोर्टको नाममा रहेको सर्वाधिक २४ ग्राण्डस्लाम जित्ने खेलाडीको कीर्तिमानमा बराबरी गर्ने छिन् ।