एजेन्सी । स्पेनिस टेनिस स्टार राफायल नाडाल अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् ।
मेलबर्नमा बुधबार भएको खेलमा ग्रीसका स्टेफानोस टित्सीपाससँग पराजित हुँदै नाडाल प्रतियोगिताबाट बाहिरिएका हुन् ।
पाँचौ वरीयताका स्टेफानोसले सुरुवाती दुई सेट गुमाएपनि नाडालविरुद्ध उत्कृष्ट पुनरागमन गरेका थिए ।
दोस्रो वरीयताका नाडालले सुरुवाती दुई सेट ६-३ र ६-२ ले जितेका थिए । तर, त्यसपछिका सेट स्टेफानोसले ७-६ (७-४), ६-४ र ७-५ ले आफ्नो बनाए ।
अब स्टेफानोसले सेमिफाइनलमा रुसका डेनील मेदभेदेबसँग खेल्ने छन् ।
मेदभेदेबले आन्द्रे रुभलेभलाई ७-५,६-३ र ६-२ ले पराजित गरे ।