एजेन्सी । विश्व नम्बर एक टेनिस खेलाडी अस्लेइग बार्टी अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएकी छिन् ।
मेलबर्नमा बुधबार भएको खेलमा अष्ट्रेलियन खेलाडी बार्टी चेक रिपब्लिककी कारोलिना मुचोभासँग पराजित भईन् ।
पहिलो सेट ६-१ ले जिते पनि बार्टीले त्यसपछि दुई सेट गुमाएकी थिइन् ।
दोस्रो र तेस्रो सेटमा बार्टी ६-३ र ६-२ को सेटमा पराजित भईन् ।
यस हारसँगै पहिलो पटक अष्ट्रेलियन ओपन जित्ने बार्टीको सपना अधुरो बनेको छ ।
गत वर्ष सेमिफाइनलसम्म पुगेको बार्टी यस पटक भने अन्तिम आठमै रोकिएकी हुन् ।
अब सेमिफाइनलमा कारोलिनाले अमेरिकी खेलाडी जेनिफर ब्राडीसँग खेल्ने छिन् ।
जेनिफरले आफ्नै देशकी जेसिका पिगुलालाई पराजित गरिन् ।
जेनिफरले जेसिकाविरुद्ध ४-६,६-२ र ६-१ को सेटमा जित निकालिन ।