एजेन्सी । जापानी खेलाडी नाओमी ओसाका अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।
मेलबर्नमा मंगलबार भएको क्वाटरफाइनलमा चाइनिज ताइपेकी सीहे सु वुईलाई पराजित गर्दै ओसाकाले अन्तिम चारको यात्रा तय गरेकी हुन् ।
तेस्रो वरीयताकी ओसाकाले सुविरुद्ध ६-२ र ६-२ को सेटमा जित निकालिन ।
ओसाकाले जित निकाल्न मात्र ६६ मिनेटको समय खर्चिईन् ।
'उनिसँग हरेक पटक खेल्दा प्रतिस्पर्धा हुन्छ,' खेलपछि ओसाकाले भनिन् ।
अब ओसाकाले सेमिफाइनलमा सिमोना हालेप र सेरेना विलियम्सबीचको विजेतासँग खेल्ने छिन् ।