बार्टी अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा
सोमबार, फागुन ३, २०७७खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक टेनिस खेलाडी अस्लेइग बार्टी अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।
मेलबर्नमा सोमबार भएको खेलमा अमेरिकी खेलाडी सेल्बी रोजर्सलाई हराउँदै बार्टीले क्वाटरफाइनलमा स्थान बनाएकी हुन् ।
अर्को चरणमा पुग्ने क्रममा बार्टीले रोजर्समाथि ६-३ र ६-४ को सेटमा जित निकालिन् ।
अब बार्टीले क्वाटरफाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीसँग प्रतिस्पर्धा गर्ने छिन् ।
पाँचौं वरियताकी एलिना सिटोलिना भने बाहिरिएकी हुन् ।
उनलाई अमेरिकी खेलाडी जेसिकाले ६-३,३-६ र ६-३ को सेटमा पराजित गरिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


