एजेन्सी । विश्व नम्बर एक तथा सर्बियन खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
मेलबर्नमा आइतबार भएको चौंथो चरणमा क्यानडाका मिलोस राओनिकलाई हराउँदै जोकोभिचले क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् ।
साविक विजेता समेत रहेका जोकोभिचले १४ औं वरीयताका राओनिकलाई ७-६(७-४),४-६, ६-१ र ६-१ को सेटमा पराजित गरे ।
अब जोकोभिचले क्वाटरफाइनलमा छैटौं वरियताका एलेक्सजेन्डर जेभरेभसँग खेल्नेछन् ।
जेभरेभले सर्बियाका डुसन लाजोभिकलाई पराजित गरेका थिए ।
तेस्रो वरीयताका डोमिनिक थिम चौंथो चरणबाट बाहिरिएका छन् ।
चौंथो चरणमा थिम बुल्गेरियाका ग्रिगोर दिमित्रोभसँग ६-४,६-४ र ६-० ले पराजित भए ।
महिलातर्फ दोस्रो वरियताकी सिमोना हालेपले क्वाटरफाइनलमा स्थान बनाएकी छिन् ।
रोमानियाकी हालेपले पोल्याण्डकी इगा स्विकेटलाई ३-६, ६-१ र ६-४ ले पराजित गरिन् ।