काठमाडौं । एपीएफ क्लबका दिपेश धामीले योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।
चितवनमा शनिबार राति भएको फाइनलमा प्रिन्स दाहाललाई पराजित गर्दै दिपेश च्याम्पियन बनेका हुन् ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दिपेशले प्रिन्सलाई २१-१९ र २२-२० ले पराजित गरे ।
उपाधिसंगै दिपेशले १ लाख १५ हजार प्राप्त गरे । प्रिन्सले ५५ हजारमा चित्त बुझाए ।
महिलातर्फ एपीएफकै जेशिका गुरुङले उपाधि जितिन् ।
फाइनलमा सेनाकी रशिला महर्जनलाई पराजित गर्दै जेशिका च्याम्पियन बनेकी हुन् ।
उपाधि जित्ने क्रममा जेशिकाले रशिलामाथि २१-१८, १७-२१ र २१-१७ को सेटमा जित निकालिन् ।
उपाधिसँगै जेशिकाले १ लाख १५ हजार प्राप्त गरिन् । रशिलाले ५५ हजार प्राप्त गरिन् ।