पहिलो हाफमा विराटनगर र चौदण्डीको बराबरी
२०२१ फेब्रुअरी १३, शनिबारखेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा विराटनगर र चौदण्डीले १-१ गोलको बराबरी खेलेका छन् ।
खेलको आठौं मिनेटमा मनिता तामाङले गोल गर्दै चौदण्डीलाई अग्रता दिलाएकी थिइन् ।
तर, खेलको १५ औं मिनेटमा पार्वती घलेले गोल गर्दै विराटनगरलाई १-१ गोलको बराबरीमा ल्याईन् ।
आज विराटनगर र चौदण्डी जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
विराटनगर ९ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
चौदण्डीलाई हराएर विराटनगर अंक तालिका सुधार गर्न चाहन्छ ।
चौदण्डी भने अंक विहीन रहेको छ । चौदण्डी पुछारमा रहेको छ ।
चौदण्डी विराटनगरलाई हराएर पहिलो जित निकाल्न चाहन्छ ।