बार्सिलोनालाई डिपोर्टिभोको चुनौती
२०२१ फेब्रुअरी १३, शनिबारखेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज उपाधि दाबेदार बार्सिलोनाले डिपोर्टिभो अल्भेससँग प्रतिस्पर्धा गर्दैछ ।
बार्सिलोनाले घरेलु मैदानमा डिपोर्टिभोसँग खेल्नेछ । बार्सिलोना र डिपोर्टिभोबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा बार्सिलोना डिपोर्टिभोलाई हराएर उपाधि कायम राख्न चाहन्छ ।
बार्सिलोना २१ खेलमा ४३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
घरेलु मैदानमा डिपोर्टिभोलाई हराएमा बार्सिलोना दोस्रो स्थानमा उक्लने छ ।
डिपोर्टिभो २२ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गत नै शीर्ष स्थानको एट्लेटिको मड्रिडले ग्रानडासँग खेल्नेछ ।
यस्तै सेभियाले हुएस्का र इबरले रियल भायाडोलिटसँग खेल्नेछ ।