सिटी र टोटेनहम भिड्दै

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज लिग लिडर म्यानचेस्टर सिटी र टोटेनहमबीच प्रतिस्पर्धा हुँदैछ ।
सिटीले घरेलु मैदानमा टोटेनहमसँग खेल्ने छ । सिटी र टोटेनहमबीचको खेल राति ११:१५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा टोटेनहमविरुद्ध मैदान उत्रदा सिटी सहज जित निकाल्ने लक्ष्यमा रहेको छ ।
अघिल्लो खेलमा लिभरपुललाई उसैको मैदानमा हराएपछि सिटी उच्च मनोबलमा समेत रहेको छ ।
सिटी टोटेनहमलाई हराएर शीर्ष स्थानको अग्रता समेत थप फराकिलो बनाउन चाहन्छ ।
सिटी दोस्रो स्थानको युनाईटेड भन्दा ५ अंकले अघि रहेको छ ।
सिटीले २२ खेलमा ५० अंक जोडेको छ ।
टोटेनहम भने ३६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
टोटेनहम पनि सिटीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा लिभरपुलले लेष्टर सिटीसँग खेल्नेछ ।
लिभरपुलले लेष्टरसँग उसैको मैदानमा खेल्नेछ ।
त्यस्तै क्रिस्टल प्यालेसले बर्नलीसँग खेल्दा ब्राइटनले एस्टन भिल्लासँग खेल्नेछ ।