वालिङविरुद्ध सावित्राको ह्याट्रिक
२०२१ फेब्रुअरी १३, शनिबारखेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले एपीएफ क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा एपीएफ क्लबले ४-० को अग्रता बनाएको छ ।
पहिलो हाफमा एपीएफका लागि सावित्रा भण्डारीले ह्याट्रिक पुरा गरेकी छिन् ।
यस्तै प्रिती राईले एक गोल गरिन् ।
आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
वालिङविरुद्ध मैदान उत्रदा एपीएफ अपराजित यात्रालाई कायम राख्न चाहन्छ ।
८ खेलसम्म अपराजित एपीएफ २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
अफ्रिकन खेलाडीको साथ पाएको वालिङ १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।