एजेन्सी । विश्व नम्बर एक तथा सर्बियन खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् ।
मेलबर्नमा शुक्रबार भएको खेलमा अमेरिकन खेलाडी टेलर फ्रिट्जलाई हराउँदै जोकोभिचले चौंथो चरणको यात्रा तय गरेका हुन् ।
साविक विजेता समेत रहेका जोकोभिचले टेलरलाई ७-६(७-१), ६-४, ३-६,४-६ र ६-२ को सेटमा पराजित गरे ।
यस्तै तेस्रो वरीयताका डोमिनिक थिमले पनि चौंथो चरणमा स्थान बनाएका छन् ।
अष्ट्रियाका थिमले अष्ट्रेलियाका निक क्रिगोसलाई ४-६, ४-६, ६-३, ६-४ र ६-४ को सेटमा हराए ।
महिलातर्फ पूर्व विश्व नम्बर एक सेरेना विलियम्स चौंथो चरणमा प्रवेश गरेकी छिन् ।
रुसी खेलाडी अनास्टासिया पोटापोभालाई पराजित गर्दै सेरेनाले चौंथो चरणमा स्थान बनाएकी हुन् ।
दशौँ वरीयता प्राप्त अमेरिकी खेलाडी सेरेनाले पोटापोभामाथि ७-६ (७-५) र ६-२ को सेटमा जित निकालिन ।
यससँगै सेरेनाले अष्ट्रेलियन ओपनमा आफ्नो ९० औं जित दर्ता गरेकी छिन् ।
३९ वर्षीय सेरेनाले ७ पटक अष्ट्रेलियन ओपन जितेकी छिन् ।
अब सेरेनाले चौंथो चरणमा आर्यना सेबालेन्कासँग खेल्ने छिन् ।
यस्तै स्पेनकी गार्बिन मुगुरुजाले पनि चौंथो चरणमा स्थान बनाएकी छिन् ।
१४ औं वरियताकी गार्बिनलेकाजकिस्तानकी जरिना डियासलाई ६-१ र ६-१ को सेटमा पराजित गरिन् ।