एजेन्सी । विश्व नम्बर एक टेनिस खेलाडी अस्लेइग बार्टी अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छिन् ।
मेलबर्नमा बिहीबार भएको खेलमा बार्टीले अष्ट्रेलियाकै डारिया ग्राभीलोभालाई पराजित गरिन् ।
तेस्रो चरणमा पुग्ने क्रममा बार्टीले डारियामाथि ६-१ र ७-६ (९-७) को जित निकालिन् ।
अब बार्टीले तेस्रो चरणमा रुसकी एकाटेरिनासँग प्रतिस्पर्धा गर्ने छिन् ।
छैटौं वरियताकी कारोलिना प्लिस्कोभा र १८ औं वरियताकी एलिस मेर्टेन्सले पनि तेस्रो चरणमा स्थान बनाएकी छिन् ।
साविक विजेता सोफिया केनिन भने प्रतियोगिताबाट बाहिरिएकी छिन् ।
चौथो वरियताकी अमेरिकी खेलाडी केनिन स्टोनियाकी किया कानेपीसँग ६-३ र ६-२ ले पराजित भईन् ।