सेरेना अष्ट्रेलियन ओपनको तेस्रो चरणमा
बुधबार, माघ २८, २०७७खेलपाटी संवाददाता

एजेन्सी । पूर्व विश्व नम्बर एक सेरेना विलियम्स अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छिन् ।
मेलबर्नमा मंगलबार भएको दोस्रो चरणको खेलमा सर्बियन खेलाडी निना स्टोजानोभिचलाई पराजित गर्दै सेरेनाले तेस्रो चरणमा स्थान बनाएकी हुन् ।
दशौँ वरीयता प्राप्त अमेरिकी खेलाडी सेरेनाले निनामाथि ६-३ र ६-० को सेटमा जित निकालिन ।
स्पेनकी गार्बिन मुगुरुजाले पनि तेस्रो चरणमा स्थान बनाएकी छिन् ।
१४ औं वरियताकी गार्बिनले रुसकी लुडमिला साम्सोनोभालाई ६-३ र ६-१ को सेटमा पराजित गरिन् ।
चेक रिपब्लिककी पेट्रा कभिटोभा भने दोस्रो चरणबाटै बाहिरिएकी छिन् ।
नवौं वरीयताकी पेट्रालाई रोमानियाकी सोराना कर्स्टियाले ६-४,१-६ र ६-१ को सेटमा पराजित गरिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


