नाडाल अष्ट्रेलियन ओपनको दोस्रो चरणमा
मंगलबार, माघ २७, २०७७खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस टेनिस स्टार राफायल नाडालले अष्ट्रेलियन ओपन टेनिसमा विजयी सुरुवात गरेका छन् ।
मेलबर्नमा मंगलबार भएको खेलमा सर्बियाका लास्लो डेरेलाई पराजित गर्दै नाडालले सुखद सुरुवात गरेका हुन् ।
दोस्रो वरीयतामा नाडालले विना वरीयताका खेलाडीमाथि ६-३,६-४ र ६-१ को सेटमा जित निकाले ।
नाडालले एक पटक अष्ट्रेलियन ओपन जितेका थिए । उनले सन् २००९ मा उपाधि जितेका थिए ।
महिलातर्फ सोफिया केनिनले जित निकालेकी छिन् ।
साविक विजेता केनिनले अष्ट्रेलियाकी म्याडिसन इंग्लिसलाई ७-५ र ६-४ ले हराईन् ।
यस्तै पूर्व च्याम्पियन भिक्टोरिया अजेरिन्का भने पराजित भईन् ।
उनि अमेरिकी खेलाडी जेसिकासँग ७-५ र ६-४ ले पराजित भईन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


