एजेन्सी । विश्व नम्बर एक तथा सर्बियन खेलाडी नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन टेनिसमा विजयी सुरुवात गरेका छन् ।
मेलबर्नमा सोमबार भएको खेलमा फ्रान्सका जेरेमी चार्डीलाई हराउँदै जोकोभिचले सुखद सुरुवात गरेका हुन् ।
साविक विजेता समेत रहेका जोकोभिचले चार्डीलाई ६-३, ६-१ र ६-२ को सेटमा पराजित गरे ।
यस्तै तेस्रो वरीयताका डोमिनिक थिमले पनि जित निकालेका छन् ।
थिमले काजकिस्तानका मिखाइललाई ७-६ (७-२), ६-२ र ६-२ ले हराए ।
यस्तै जर्मनीका एलेक्जेन्डर जेभरेभ र अष्ट्रेलियाका निक क्रिगोसले समेत जित हात पारेका छन् ।
महिलातर्फ सिमोना हालेपले जित निकालेकी छिन् ।
रोमानियाकी हालेपले लिजेट काब्रेरालाई पराजित गरिन् ।