बुटवल । तेस्रो संस्करणको लाफा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत मेन्स डबल्सको उपाधि विशाल खड्का र विधान अधिकारीको जोडीले जितेका छन् ।
बुटवलको सुक्खानगरस्थित लाफा ब्याडमिन्टन कभर्डहलमा भएको फाइनलमा बुटवलका विश्वास नेपाल र गणेश राइमाझीको जोडीलाई हराएर पोखराका खड्का र अधिकारीको जोडी पहिलो भएका हुन् ।
यस्तै प्रनिस ठकुरी र विशाल बस्नेतको जोडी तथा विवेक न्यौपाने र शुशील गिरिको जोडी तेस्रो भए ।
प्रतियोगिताको मेन्स डबल्सको विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे । यस्तै उपविजेताले ४१ हजार ५ सय ५५ र तेस्रोले ३१ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेका छन् ।
भेट्रान्सतर्फ बसन्त बज्राचार्य र महेश बज्राचार्यको जोडीले उपाधि जिते ।
नवराज श्रेष्ठ र कृष्ण रानाको जोडी दोस्रो हुँदा गाेपाल टण्डन र अर्जुन कार्की तथा सुरज गुरुङ र पुरन रानाको जोडी तेस्रो भए ।
भेट्रान्सतर्फको विजेताले २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे ।
उपविजेताले १५ हजार ५ सय ५५ र तेस्रोले १० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेका छन् ।