एजेन्सी । विश्व नम्बर एक टेनिस खेलाडी अस्लेइग बार्टीले यारा भ्याली क्लासिक टेनिसको उपाधि जितेकी छिन् ।
आइतबार भएको फाइनलमा स्पेनकी गार्बिन मुगुरुजालाई पराजित गर्दै बार्टीले उपाधि जितेकी हुन् ।
उपाधि जित्ने क्रममा अष्ट्रेलियाकी बार्टीले मुगुरुजामाथि ७-६(३) र ६-४ को सेटमा जित निकालिन ।
यस उपाधिसंगै २४ वर्षीय बार्टीले सन् २०२१ को उत्कृष्ट सुरुवात गरेकी छिन् ।
अब बार्टीले अष्ट्रेलियन ओपन खेल्ने छिन् ।
अष्ट्रेलियन ओपन फेब्रुअरी ८ देखि १२ सम्म मेलबर्नमा हुँदैछ ।
अधिकांस खेलाडीले यारा भ्याली क्लासिकलाई अष्ट्रेलियन ओपनको तयारीको रुपमा लिने गर्छन् ।