शनिबार, १६ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

रेफ्रीको निर्णयमाथि प्रश्नै प्रश्न !

आइतबार, २५ माघ २०७७नमीन ढकाल
रेफ्रीको निर्णयमाथि प्रश्नै प्रश्न !
Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी राष्ट्रिय महिला लिग फुटबलमा रेफ्रीहरुमाथि प्रश्न उठ्न थालेको छ ।

गत माघ ७ गतेबाट सुरु भएको लिगको दोस्रो चरणको खेलहरु जारी रहदा रेफ्रीको निर्णयमाथि प्रश्न उठ्न थालेको हो ।

लिगमा सहभागी टिमका मुख्य प्रशिक्षकहरु रेफ्रीको निर्णयमा प्रश्न गर्न थालेका छन् ।

शनिबार त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबीचको खेलपछि आर्मीका मुख्य प्रशिक्षक राजु तामाङले खेलमा रेफ्रीहरुले गलत निर्णय गरेको बताए ।

उक्त खेलमा आर्मीले चौदण्डीलाई ९-० गोल अन्तरले हराएको थियो । आर्मीको जितमा रश्मी घिसिङले ४ गोल गरेकी थिइन् ।

No description available.

तर, त्यस खेलमा टिमले पाएको पेनाल्टीलाई फउलको संज्ञा दिनु र अन्य समय समेत सहायक रेफ्री (लाईन्समेन) बाट गलत निर्णय भएको प्रशिक्षक राजुले बताए ।

‘रेफ्रीको निर्णय विवादास्पद भयो । दिपालाई (दिपा राई) लडाएपछि पाउनुपर्ने पेनाल्टीलाई फउल दियो,’ राष्ट्रिय फुटबल टोलीका पूर्व मिडफिल्डर राजुले भने ।

आर्मी र चौदण्डीबीचको खेलमा मुख्य रेफ्री अस्मिता मानन्धर थिईन् । यस्तै पहिलो सहायक रेफ्रीमा मेरिना धिमाल थिईन् भने दोस्रो सहायक रेफ्रीमा सुनिता राई रहँदा फोर्थ रेफ्रीमा उमा श्रेष्ठ रहेकी थिईन् । रेफ्रि एसेसरमा भने कल्पना शर्मा रहेकी थिईन् ।

पहिलो हाफको निर्धारित ४५ मिनेटमा आर्मीले ३-० को अग्रता बनाएको थियो । थपिएको ३ मिनेटमा चौदण्डी गोलरक्षक दिपशिखा विश्वकर्माले आर्मी तथा राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य दिपा राईलाई पेनाल्टी बक्समा लडाएपछि रेफ्री अस्मिता मानन्धरले पेनाल्टीको ईशारा गरेकी थिईन् । पछि उनले त्यहि फल भएको निर्णय गर्दै चौदण्डीको पक्षमा निर्णय सुनाएकी थिईन् ।

यस्तै बाँकी समय सहायक रेफ्री र मुख्य रेफ्रीबाट अनावश्यक अफसाईड देखाएको प्रति इंकित गर्दै प्रशिक्षक राजुले यस्ता निर्णयले ठुला र प्रतिस्पर्धात्मक खेलमा समस्या आउने प्रतिक्रिया दिए ।

‘आज त टोली उस्तै थियो । अलि ठुलो खेल र प्रतिस्पर्धात्मक खेलमा यस्ता निर्णयले ठुलो समस्या आउन सक्छ,’ आर्मी क्लबका पूर्व खेलाडी समेत रहेका राजुले भने ।

दोस्रो चरणको पहिलो खेलमै जित निकालेको आर्मी १६ अंकसहित दोस्रो स्थानमा सुरक्षित रहेको छ । एपीएफ शतप्रतिशत जितसहित १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

May be an image of 6 people, people standing and text that says '6 6 खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com khelpa खेलपाटी khelpat com खेलपाटी khelpati.comखेलपाटी khelpati.com'

यस अघि विराटनगरसँग पराजित भएपछि पुलिस प्रशिक्षक संजिब जोशीले समेत रेफ्रीको निर्णयले टोलीलाई समस्या आउने प्रतिक्रिया दिएका थिए ।

खेलपछि पोष्ट म्याचमा जोशीले विभागको खेलमा विभागीय रेफ्रीलाई अवसर नदिन समेत अनुरोध गरे ।

‘विभागको खेलमा विभागीय रेफ्रीको निर्णय सहि देखिँदैन । विभागीय खेलमा विभागीय रेफ्री नभए हुन्थ्यो,’ पूर्व गोलरक्षक समेत रहेका जोशीले भनेका थिए ।

पुलिस र विराटनगरबीचको खेल आर्मीका रेफ्री अन्जना राईले संचालन गरेकी थिईन् । उनि नेपालको एक मात्रै फिफा रेफ्री हुन् । उक्त खेलमा उनले पुलिस तीन खेलाडी (रेखा पौडेल, निर्मला विक र मनिषा राउत) लाई पहेलो कार्ड देखाएकी थिईन् ।

एन्फाले महिला लिगको लागि १३ रेफ्रिलाई अवसर दिएको छ । १३ मध्ये दुई मात्रै पुरुष रेफ्री रहेका छन् । जसमा ८ सहायक रेफ्री रहेका छन् भने ५ मुख्य रेफ्री छन् ।

नेपालमा सेन्टर (मुख्य) रेफ्री कम भएसँगै रेफ्री संघले दुई पुरुष रेफ्रीलाई अवसर दिएको थियो ।

महिला लिग खेलाउने मुख्य रेफ्री :
अन्जना राई (फिफा)
अस्मिता मानन्धर
माया लामा
रोजेन खड्गी
उमेश विडारी

सहायक रेफ्री
विना श्रेष्ठ (फिफा)
मेरिना धिमाल
राधिका शाक्य
लक्ष्मी श्रेष्ठ
एलिना ठकुरी
सरस्वती लो
जमुना मगर
सुनिता राई

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दबाबमा  इन्फान्टिनो

दबाबमा इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

फिफाविरुद्ध मोर्चाबन्दीमा ५५ युरोपेली राष्ट्र

फिफाविरुद्ध मोर्चाबन्दीमा ५५ युरोपेली राष्ट्र

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
दबाबमा  इन्फान्टिनो

दबाबमा इन्फान्टिनो

शेखरले एसियाली आईटीएफ खेल्ने

शेखरले एसियाली आईटीएफ खेल्ने

नेदरल्यान्ड्समा चार हारको कारण  ब्याटिङ र फिल्डिङ !

नेदरल्यान्ड्समा चार हारको कारण ब्याटिङ र फिल्डिङ !

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

हारसहित फर्किँदै नेपाली टोली

हारसहित फर्किँदै नेपाली टोली

फिफाविरुद्ध मोर्चाबन्दीमा ५५ युरोपेली राष्ट्र

फिफाविरुद्ध मोर्चाबन्दीमा ५५ युरोपेली राष्ट्र

इतिहासमै पहिलोपटक भारतमा खेल्न आउँदै ब्राजिल

इतिहासमै पहिलोपटक भारतमा खेल्न आउँदै ब्राजिल

गीता पनि भुटानी लिगमा

गीता पनि भुटानी लिगमा