महिला लिग : पुलिस र वालिङ भिड्दै

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आज आइतबार दुई खेलहरु हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
विराटनगर र चन्द्रपुरबीचको खेल अपरान्ह १२ बजे सुरु हुनेछ ।
विराटनगर चन्द्रपुरलाई हराएर तेस्रो स्थानमा कायम रहन चाहन्छ ।
विराटनगर ६ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
चन्द्रपुर भने विराटनगरलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
चन्द्रपुर ६ खेलमा ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
अर्को खेलमा नेपाल पुलिस क्लब र वालिङ नगरपालिकाबीच खेल हुनेछ ।
पुलिस र वालिङबीचको खेल अपरान्ह ३ बजे सुरु हुनेछ ।
दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
पुलिस ८ अंक जोडेर लिगको चौंथो स्थानमा रहेको छ ।
पुलिस उपाधि होडबाट भने बाहिरिसकेको छ ।
वालिङ ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।