एभर्टनसँग युनाईटेडको बराबरी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले एभर्टनसँग बराबरी खेल्दै अंक बाडेको छ ।
शनिबार राति भएको खेलमा युनाईटेडले एभर्टनसँग ३-३ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा २ गोलको सुरुवाती अग्रता जोगाउन नसक्दा युनाईटेड बराबरीमा रोकिएको हो ।
खेलको २४ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।
खेलको ४५ औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।
दोस्रो हाफमा एभर्टन खेलमा फर्कियो ।
खेलको ४९ औं मिनेटमा अब्दुलाए डुकोरेले गोल गर्दै एभर्टनलाई २-१ को स्थितिमा ल्याए ।
खेलको ५२ औं मिनेटमा जेम्स रोड्रीगेजले गोल गर्दा खेल २-२ गोलको बराबरीमा पुग्यो ।
खेलको ७० औं मिनेटमा स्कट म्याकटोमेनीले गोल गर्दा युनाईटेड ३-२ ले अघि रह्यो ।
तर, खेलको इन्जुरी समयमा डोमिनिक लेविनले गोल गर्दै एभर्टनलाई ३-३ गोलको बराबरीमा ल्याएका थिए ।
यो बराबरीसंगै दोस्रो स्थानको युनाईटेड २३ खेलमा ४५ अंक जोडेको छ ।
बराबरीले युनाईटेड शीर्ष स्थानको म्यानचेस्टर सिरीसँग अंक बराबरी गर्न असफल भएको छ ।
एभर्टन ३७ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ ।
अर्को खेलमा न्युकासलले साउथह्याम्पटनलाई ३-२ गोल अन्तरले हराएको छ ।
बर्नली र ब्राइटनले १-१ गोलको बराबरी खेल्दा फुलहम र वेस्ट ह्यामले गोलरहित बराबरी खेलेको छ ।